बर्दिया – जिल्ला प्रहरी कार्यालय बर्दियाले केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं ५ गाउँ नं ११ बडगाँउबाट केराउ तस्करलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


नियन्त्रण पर्नेमा बर्दिया मधुबन नगरपालिका वडा नं ७ बस्ने २० वर्षीय राम कुमार चौधरी रहेका छन् । उनले चलाएको भे १ त ९६५५ नम्बरको ट्याक्टरमा केराउ लोड गरी चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सामानसहित नियन्त्रणमा लिएको हो ।

बरामद केराउको अन्दाजी मुल्य रू २७ लाख ६५ बराबरको रहेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताएका छन् ।

रितपूर्वक बरामद गरिएको सामानसहित चौधरीलाई नियन्त्रणमा राखिएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । चौधरीलाई हाल आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको छ ।