काठमाडौँ – संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन भोलि बुधबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।


ADVERTISEMENT


सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।


ADVERTISEMENT

# # #


गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।