काठमाडौँ – गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग सम्झौता गरेको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलमा डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि उक्त सम्झौता गरिएको बैँकले जनाएको छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।