काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक हितेन्द्र देव शाक्यले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाई नभएको सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो । तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको हो ।


ADVERTISEMENT

# # #


ऊर्जामन्त्री पम्फा भुसालले प्रधानमन्त्री शेर बहादुर देउवासंग गरेको वार्तापछि सरकारले तत्कालिन कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यका रुपमा लगेर उनको ठाउँमा साउन २५ गते घिसिङलाई नियुक्त गरेको थियो ।

आफु पदमा हुदाँहुदैँ हटाएर आफ्नो ठाउँमा घिसिङलाई ल्याउने सरकारको उक्त निर्णय असंवैधानिक भएको भन्दै शाक्यले सर्वोच्चमा सो विरुद्ध रिट दायर गरेका थिए । जसअन्र्तगत भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले कुलमान एवम् हिेतेन्द्र दुवैका प्राधिकरण नियुक्तिको सक्कल निर्णय झिकाउन आदेश दिएका थिए ।