काठमाडौँ – हरेक पक्षमा अग्रपङ्तीमा रहेको नबिल बैंकले कुनै न कुनै नवीनतमकाम गर्दै आईरहेको छ । यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ ।


ADVERTISEMENT


यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतीय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।


ADVERTISEMENT

# # #


नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन्, को सँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुने बैँकले विश्वास व्यक्त गरेको छ ।

अब फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउने छन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन् । यसले कागजी प्रकृया बिना तीव्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

देशभर १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।