काठमाडौँ – नेकपा एमालेका नेता सुवाश नेम्वाङले पार्टी फुटको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् । शुक्रबार ललितपुरमा पार्टी निकट प्रगतीशील तथा पेशागत कानुन व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गर्न माधव नेपाललाई चुनौती समेत दिए ।


ADVERTISEMENT


माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै उनले अहिले त्यस्ता कुनै मुद्दा नै नभएको बताए ।


ADVERTISEMENT

# # #


एमाले र एमालेभन्दा बाहिर रहेका नेताहरुले सर्वसम्मतीले कार्यदलको सहमतिपत्रका आधारमा एकता गर्नुपर्छ भन्दा विधि र प्रक्रिया भन्दा बाहिर गएर सुटुक्क पार्टी दर्ता गरेको आरोप उनको थियो । उनले अध्यादेशका बारेमा बिभिन्न चर्चा हुने गरेको भन्दै ओलीको सरकारले अध्यादेश ल्याउदा चार दिनसम्म कुनै पार्टी नफुटेको जिकिर गरे । नेम्वाङले सरकार बिस्तार हुने बितिकै गठबन्धन दलहरु नै फुटको संघारमा पुग्न सक्ने भएकाले सरकार बिस्तार हुन नसकेको धारणा उनको थियो ।

यसैगरी, उनले एमाले फुटाउन ल्याएको अध्यादेशले आफैलाई फुटाउँछ कि भन्ने डरले सरकार सरकार विस्तार हुन नसकेको बताएका छन् ।  सरकार विस्तार हुनासाथ आफूलाई नफुटाओस् भन्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न नसकेको आरोप लगाए ।

नेम्वाङले अव पार्टीलाई थप एकतावद्ध र मजबुद ढंगले अघि बढाउनुपर्ने पनि बताए । भेलामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने भनिएतापनि विवाद हुने देखिएपछि उनी सहभागी भएनन् । एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला केहीलाई जानकारी नै नदिइ भेला राखेपछि विवाद भएको छ ।