झापा । विवेकशील साझा पार्टीको कन्काई नगर कमिटिको संयोजकमा गोपाल चुडाल चयन भएका छन् । भाद्र १८ गते शुक्रबार पार्टीको सुरुगा स्थित कार्यालयमा भएको नगरको बैठकले चुडाललाई नयाँ संयोजकमा चयन गरिएको पार्टीका केन्द्रीय सदस्य भिम प्रसाद अधिकारीले बताए । त्यसै गरी सह संयोजकमा लक्ष्मी अधिकारी, सचिबमा बासुदेव निरौला, सह सचिवमा विन्दुराज दाहाल, कोषाध्यक्षमा माधव प्रसाद पोेख्रेल चयन भएका छन् ।


ADVERTISEMENT


त्यस्तै सदस्यहरुमा सचिन लामा, झुलेन्द्र उप्रेती, मनोज सिवाकोटी, जित बहादुर श्रेष्ठ, कल्पना कार्की डोली, खड्ग प्रसाद चुडाल चयन भएका छन् । नगर कमिटिको बैठकले १७ सदस्यीय कमिटि निर्माण गरेको छ । बाँकी रहेका ६ जना सदस्यहरु सबै बडाहरुबाट प्रतिनिधित्व हुने गरी चयन गरीने निर्णय गरिएको छ ।


ADVERTISEMENT

# # #


बैठकको अध्यक्षता निर्वतमान संयोजक राजकुमार फुयालले गरेका थिए । बैठकमा केन्द्रीय सदस्य भिम प्रसाद अधिकारी, प्रदेश १ कमिटि सदस्य अम्विका चापागाँई, झापा जिल्ला सह संयोजक जय विमली लगायतको उपस्थिति रहेको थियो ।