काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि वडा अधिवेशन आजबाट सुरु भएको छ । यससँगै कांग्रेस नेताहरु कार्यकर्ता र प्रतिनिधिहरु रिझाउन दौडधूपमा व्यस्त छन् ।


ADVERTISEMENT


राष्ट्रिय महाधिवेशन नजिकिएसँगै कांग्रेसका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसैबेला कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पनि आफू चुनावी मैदानमा उत्रिने बताएका छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी कहिले हन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता शर्माले आफू पनि महाधिवेशनको मैदानमा उत्रिने बताएका हुन् । उनले भनेका छन्, ‘उम्मेदवारी घोषणा कहिले ? शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारि छु । ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइनभन्दै आएको थिएँ । वडा अधिवेशन शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना । चाँडैनै म मैदानमा हुनेछु,शुभेच्छा र साथ चाहन्छु ।’

शर्माले कुन पदमा उम्मेदवारी दिँदैछन् भन्ने खुलाएका छैनन् । तर, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने शर्मालाई आगामी महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारका रुपमा हेरिँदै आएको छ । यद्दपी देउवा समूहमा महामन्त्रीका आकांक्षीहरु थुप्रै छन् ।

यता अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्रीमा भिडेका युवा नेता गगन थापाले १४ औँ महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले आफूनो समूह कुन हुन्छ भन्ने यकिन नभएको बताएका थिए । तर, उनी हिजो मात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।