काठमाडौँ– नेपालकै पहिलो विमान सेवा प्रदायक नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब पुगेको छ।


ADVERTISEMENT


शुक्रबार अर्थमन्त्रालयमा आयोजित छलफलमा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले सो जानकारी गराएका हुन्।


ADVERTISEMENT

# # #


यस्तै, निगम ११ अर्ब संचित नोक्सानीमा रहेको पौडेलले जनाएका छन् । यसपछाडिको मुख्य कारण बताउँदै उनले आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुन व्यवस्थाका कारण निगमको अर्थतन्त्र खस्किन पुगेको बताए ।

‘विश्वका विभिन्न एयरलाइन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा हाम्रो निगमसंग भने झण्डै दोब्बर अथवा एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको छ’, उनले भने ।

निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको उनको गुनासो छ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन सकिने बताए।

शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने बताए।

शर्माको उक्त गुनासोप्रति प्रतिक्रिया दिदैँ निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन सकिने सुझाएका छन् ।