काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भाद्र २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँने बताएका हुन् । उनले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नै नरहेको दाबी गरे । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै अध्यक्ष यादवले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप लगाए । उनले लोसपासंग जसपाको कुनै प्रतिस्पर्धा नै नहुने जिकिर गरे ।

उनले जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने बताए ।