काठमाडौँ–  नेपाल–भारत फुटबल हेर्नका लागि दर्शक रङ्गशाला जान पाउने भएका छन् । यद्यपि यसका लागि भने दर्शकले कोभिड–१९ विरुद्धको पुर्ण खोप लिएको वा नेगेटिभ सहितको पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ ।


ADVERTISEMENT


६ वर्षपछि हुन लागेको नेपाल–भारत मैत्रीपुर्ण खेल भदौ १७ र २० गते हुदैँछ । यसका लागि सरकारले खेल प्रदर्शनका लागि रङ्गशालामा ५१ सय व्यक्तिका लागि प्रवेशको अनुमति दिएपनि संगै कोभिड–१९ संक्रमणको जोखिम अवस्थामै रहेको भन्दै दर्शकका लागि पिसिआर वा कोभिड–१९ विरुद्धको पुर्ण खोप अनिवार्य गरेको हो ।


ADVERTISEMENT

# # #


रङ्गशालामै गएर खेल हेर्नका लागि दर्शकले अनलाईनबाट टिकट खरीद गर्नुपर्ने नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। यद्यपि भोलि हुने खेलको आजसम्म पनि रङ्शाला इन्ट्री टिकटको मुल्य भने सार्वजनिक भइनसकेको उनले जनाए ।

मैत्रीपुर्ण खेलका लागि गत भदौ १४ मा नै भारतबाट राष्ट्रिय टोली नेपाल आइसकेका छन् । नेपालसँगको खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो ।