काठमाडौँ– सरकार बनेको दुई महिनामा सरकारका तर्फबाट पहिलो पटक मन्त्री र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ ।
कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार साँझ ७ ओलीलाई उनकै निवास बालकोटस्थित भेट्न पुगेका हुन् ।
उक्त भेटवार्तामा मन्त्री काकी र अध्यक्ष ओलीबीच संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयवस्तु छलफल भएको जनाइएको छ ।
त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेट गरी सम्बन्धित विषयमा कुराकानी गरेका थिए ।
उक्त भेटवार्ता कार्यक्रम मार्फत सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको अनुमान गर्न सकिन्छ ।