काठमाडौँ– लोकदोहोरी गायिका विष्णु माझीको पछिल्लो गीत ‘चरी जेलैमा’ ले छोटो समयमा नै धेरै भ्युज पाएको गीतको रेकर्ड राखेको छ ।


ADVERTISEMENT


गत भदौ २ गते मात्रै सार्वजनिक उक्त गीतको भिडियोले १ करोडभन्दा बढि भ्युज पाएको हो ।


ADVERTISEMENT

# # #


वि.सं २०६१ सालमा ‘पुतलीको भट्टी’मा बोलको तीज गीत सार्वजनिक गरेयता प्रत्येक वर्ष पुतलीको भट्टीको नयाँनयाँ भाग सार्वजनिक गर्दै आएकी माझीले यसपटक भाग- १७ को रुपमा ‘चरी जेलैमा’ सार्वजनिक गरेकी हुन् । मौलिक प्रस्तुती र महिलाको वेदनालाई समेटिएको यस गीतले सार्वजनिक भएको छैटौं दिन २४ घन्टाभित्रै १० लाख बढी भ्युज पाएको थियो। यो गीत युट्युबमा मात्रै नभई टिकटकमा पनि उत्तिकै रुचाइएको देख्न सकिन्छ ।

आफ्नै लगानीमा संचालनमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको प्रस्तुती रहने ‘पुतलीको भट्टी’का अधिकांश भागमा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत रहेका छन् ।

यो पनि पढ्नुहोस् :

गोप्य परिचयमा नै वाहवाही बटुलेकी गायिकाको नयाँ रेकर्ड

‘चरी जेलैमा’ को भिडियो हेर्नुहोस् :