काठमाडौँ – भन्सार विभागले चालू आर्थिक वर्ष २०७८/७९ को वैदेशिक व्यापारको पहिलो महीनाको तथ्यांक सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


साउनको तथ्यांकअनुसार नेपालले यस अवधिमा २० अर्ब ७६ करोडको निर्यात गरेकोमा करिब १ खर्ब ५० अर्बको वस्तु आयात गरेको छ ।


ADVERTISEMENT

# # #


आवको पहिलो महीना नै निर्यात ११५ प्रतिशतले वृद्धि भएको दखिएको छ । विभागकाअनुसार यस अवधिमा सबैभन्दा बढी विदेशबाट कच्चा तेलजन्य वस्तु ल्याएर निर्यात गरिने तेलको हिस्सा सबैभन्दा बढी रहेको छ । विभागकाअनुसार यस अवधिमा सबैभन्दा बढी ८ अर्ब ९८ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निर्यात र्भको छ । दोस्रो नम्बरमा १ अर्ब ४२ करोडको पाम तेल निकासी भएकोमा तेस्रोमा ९६ करोडको सेन्थेटिक यार्न र चौथो नम्बरमा ८२ करोडको कार्पेट निर्यात भएको छ । यसैगरी, पुनः पाँचौँ नम्बरमा प्रशोधित ७९ करोडको सूर्यमुखीको तेल निर्यात भएको छ ।

विभागकाअनुसार त्यसपछि क्रमशः ७१ करोडको जुटबाट बनेको कपडा, ५० करोडको ऊनी फेल्ट र ४० करोडको तेलबाट बनेको केकको निर्यात भएको छ । यसैगरी निर्यातको स्थानमा ९ औँ नम्बरमा ३५ करोडको अलैँची र त्यसपछि दसौँ नम्बरमा ३४ करोडको जुसको निर्यात भएको देखिएको छ ।