काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले नुवाकोटस्थित सिसडोल बाटो जाने मार्ग तुरुन्तै मर्मत गर्न सडक विभागलाई निर्देशक दिएका छन् ।


ADVERTISEMENT


लगातार वर्षाको कारण उपत्यकाको फोहर विसर्जन गर्ने सिसडोल जाने मार्ग अवरुद्ध बन्न पुगेको छ । जसकारण केहि समययता काठमाडौँका ठाउँठाउँमा फोहोर थुप्रिन थालेको छ । तसर्थ सोहि समस्याको समाधानको पहलका लागि भन्दै जिल्ला महानगरपालिकाका मेयर विद्या सुन्दर सागरको टोलीले आज सोमबार प्रधानमन्त्रीलाई भेट गरेका थिए ।


ADVERTISEMENT

# # #


भेटवार्ताकै क्रममा प्रधानमन्त्री देउवाले उपत्यकाको फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो तत्कालै मर्मत गर्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिएको हो ।

यसका साथै देउवाले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सङ्घीय सरकारले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रधानमन्त्रीको निर्देशन पाएको सडक विभागले पनि सिसडोल र बञ्चरे डाँडाको बाटो मर्मतको तयारी थालिहाल्ने प्रतिक्रिया जनाएको छ ।