धनगढी –प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं काँग्रेस नेतृ आरजु देउवाले धनगढी पुगेर गौरा भित्र्याएकी छन् । आरजु सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन आइतवार दिउँसो धनगढीस्थित निवासमा पुगेकी थिइन् ।


ADVERTISEMENT


‘ठूली गौरा’ भनिने गौराको आजको दिनमा व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्।


ADVERTISEMENT

# # #


उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको मान्यता रहेको छ ।

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन्।