काठमाडौँ –  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोल्दै उपसभापति निधिले आफू सभापतिको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताए । आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको उनको भनाई छ । निधिले काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन लागि पनि आफूले उम्मेदवारी दिएको धारणा राखे ।

उनले निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसनप्रति समर्थन जनाउदै क्रियाशील सदस्यताको सूची सार्वजनिक हुनुपर्ने बताए ।

निधिले ओली नेतृत्वको सरकारले संघीयता र गणतन्त्रलाई नै कमजोर बनाउन लागेको भन्दै अव कांग्रेसको सरकारले संविधानका उपलव्धीलाई रक्षा गर्ने जिकिर गरे ।

निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गका छन् । पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पवित्र मन्दिरका पूजारी तथा पण्डितहरूबाट सम्पर्क कार्यालयको उद्घाटन गरिएको निधिको सचिवालयले जनाएको छ ।