काठमाडौँ– काभ्रे जिल्लाका दुई नगरपालिकासंग नबिल बैंकको उद्यमशीलता विकास र वित्तिय पहुँचको लागि सम्झौता भएको छ ।


ADVERTISEMENT


स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा उद्यम गर्न बैंकले नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्यले बैंक र दुई नगरपालिकाबीच सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


यसका लागि पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भिम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्त पाँचखाल नगरपालिका अन्र्तगत भने, नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ एवम् नगरपालिकाको तर्फबाट उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका छन् ।

एक सानो समारोहबीच सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने जनाउँदै एक वर्षभित्रै यसको प्रगति देख्न चाहेको धारणा व्यक्त गरे । त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरेका छन् । वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्‍याइ नगरपालिकाको विकासमा सहयोग गर्ने उनको अनुरोध छ ।

यसैगरि, पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएककोप्रति धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसंग नगर विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्ने जानकारी दिइन् ।

नबिल बैंकले असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिग सेवाको शुरुवात गरेको हो । सरकारको दिगो विकास लक्ष्यलाई साकार पार्न नबिलले विपन्न वर्गलाई नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।