काठमाडौँ– नेपाल भाषाका चर्चित आधुनिक कवि पूृृर्ण वैद्यको बिहीबार निधन भएको छ । भदौ २ गते अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको उनको अस्पतालमा नै मृत्यु भएको हो ।


ADVERTISEMENT


उनमा कोरोना सङ्क्रमण समत देखिएको परिवान पुष्टि भएको आफन्तजनले जनाएका छन् ।


ADVERTISEMENT

# # #


वि.सं जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा जन्मिएका उनी ‘सरासू’ कविता सङ्ग्रहका कारण वि.सं २०२१ सालमा नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ बाट पुरस्कृत भएका थिए । यस्तै, विसं २०७६ मा उनले न्हूजः प्रगतिशील साहित्य पुरस्कार समेत हात पारेका थिए । उनले लेखेका थुप्रै पुस्तकमध्ये ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ ।

दिवङ्गत वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारिका स्रोत जनाएको छ ।