काठमाडौँ – सिमेन्टको उत्पादन गुणस्तरीय नभएको भन्दै गुणस्तर तथा नापतौल विभागले सोधेको स्पष्टीकरणमा भूगर्भ सिमेन्ट उद्योगले जवाफ दिएको छ ।


ADVERTISEMENT


कपिलवस्तुको कृष्णनगरका रमाकान्त चौधरीले सिमेन्टको उत्पादन गुणस्तर नभएको भन्दै गुणस्तर तथा नाप तौल कार्यालय बुटवलमा गुनासो गरेका थिए । सोही अनुसार विभागको बुटवल कार्यालयले चौधरीको निर्माणधीन घरबाट पीपीसीको नमूना लिएर चेकजाँचका लागि विभागको केन्द्रीय कार्यालय पठाएको थियो ।


ADVERTISEMENT

# # #


चेकजाँच पछि सिमेन्टमा कम्प्रेसिभ स्ट्रेन्थ (एमपीए)को मापन नेपाल गुणस्तर ३८५ अनुरुप नरहेको पाइएको भन्दै विभागले गत साउन २८ गते पत्र लेखेर घटनाको यथार्थबारे १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । सोही अनुसार उद्योगले मंगलबार जवाफ दिएको हो ।

जवाफमा भूगर्भ सिमेन्ट उद्योगले गुणस्तरको पहिचान गरेर मात्र सिमेन्टको विक्री वितरण गर्दै आएको बताउँदै चोधरीले गलत नियत राखेर उजुरी गरेको दाबी गरेको छ ।

ब्याज.नं. २०७८.०३.२३ को पि.पि.सि सिमेन्टको एमपीएको मान १ दिनको ११.०० एमपीए, ३ दिनको १७.३३ एमपीए, ७ दिनको २६.६६ एमपीएल र २८ दिनको ४१.०० रहेको उक्त ब्याचको सिमेन्टमा नेपाल गुणस्तर ३८५ अनुरुप नै पाइएको उद्योगले जनाएको छ । सिमेन्टको भन्डारण र वातावरणीय पक्षसँग यो प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने उद्योगको भनाई छ ।

स्पष्टीकरणमा भनिएको छ, ‘सिमेन्ट केमिकलजन्य पदार्थ भएकोले यसको भन्डारण र वातावरणीय पक्षसँग यो अपरोक्ष वा डिरेक्टली एसोसीएटेड हुने नै भयो । निज चौधरीले नेपाल गुणस्तर तथा नाप तौल बिभाग प्रमाणीकरण महाशाखामा गुनासो गर्नु पुर्व निजले भूगर्भ सिमेन्टका आधिकारीक व्यक्ति सँग जुन प्रकारको आर्थिक प्रलोभन जन्य क्रियाकलापहरु गरेबाट निज चौधरी सङ्लो सोच र सफा हातसमेत बाट उजुर गर्न भएको होइन भन्ने कुरा पुष्टि हुन्छ ।’

यस्तै उद्योगले चौधरीले सिमेन्ट खरिद गरेको मिति, प्रयोग गरेको मिति र बिल परिमाण आदि पनि अस्पष्ट भएकाले पनि उनको नियत उचित नभएको प्रस्ट भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘ल्याब टेष्टको लागि उठाइएको सिमेन्ट कहाँबाट उठाइएको हो र उत्पाादनको कति समय पछिको हो सो कुराको स्पष्ट नहुनुले पनि उद्योगी व्यवसायीको नैसर्गिक हक र व्यवसायीको हित विपरितको कार्य भएको बुझ्न सकिन्छ ।’

भूगर्भ तथा खानी विभागबाट उत्कृष्ट खानीको रुपमा नेपाल सरकारले नै पहिचान गरेको गुणस्तर यूक्त चूनढुङ्गाबाट उत्पादित सिमेन्ट भएकाले गुणस्तरमा उद्योगको कुनै प्रकारको नियतबस त्रुटी वा असर नभएको उद्योगको जिकिर छ । यस्तै गुनासोकर्ता चौधरीले नमूना लिइएको भनिएको सिमेन्ट उत्पादनको कति समय पछिको हो स्पष्ट नभएको र निवेदनमाथि सुनवाईको मौका नपाएको भन्दै उद्योगले विभागको निर्णय र समेन्टको गुणस्तर परीक्षण पूनरावलोकन गर्न समेत माग गरेको छ ।

चौधरीले अनुचित सम्वृद्धिको मनसायले मुलुकी देवानी संहिता २०७४ को परिच्छेद–१६ को (अनजष्ट इन्रिचमेन्ट) सम्बन्धी व्यवस्थाको दफा ६६४ को उप–दफा १,२,३ र परिच्छेद–१७ को दुष्कृति सम्बन्धी व्यवस्था को दफा ६७२ को उप–दफा १ र २ अनुसार कार्य गरेको भन्दै उनको ‘मेन्स रिस ‘एक्टस रिस’ प्रश्नको घेराभित्र रहेको उद्योगको तर्क छ । जवाफमा उद्योगले अनावश्यक झन्झट दिन वा बार्गेनिङ गरी अनुचित सम्वृद्धिको दूषित मनसायसहित चौधरीले आफ्नै गरबाट सिमेन्टको नमूना लिएकाले विभागमा दिएको निवेदन खारेजभागी रहेको जनाएको छ ।