विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । माधव नेपाल समूह छाडेर एमालेमै फर्किएका भीम आचार्य र मुख्यमन्त्री राई काठमाडौँ गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।


ADVERTISEMENT


उनीहरु फर्किन ढिलो भएपछि बिहाना ९ बजे बस्ने भनिएको संसदीय दलको बैठक ढिलो गरि बसेको थियो । विराटनगरमा सम्पन्न बैठकपछि राईले राजीनामा दिएका हुन् । बैठकले आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेकमा उनी आजै मुख्यमन्त्री बन्दैछन् ।


ADVERTISEMENT

# # #


आचार्यलाई आजै मुख्यमन्त्रीका रुपमा प्रदेश प्रमुखले शपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रदेश सभामा ९३ सदस्यमध्ये हाल ९२ सांसद् छन् । जसमध्ये ५१ एमाले सांसद् रहेकोमा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा १८ जना नेकपा एमाले एकीकृत समाजवादी पार्टीमा छन् । जसकारण मुख्यमन्त्रीमा चयन गरिएपनि आचार्यलाई विश्वासको मत लिन भने हम्मे हम्मे पर्ने देखिन्छ ।