काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ ।


ADVERTISEMENT


एमालेबाट फुटेको माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादीले मान्यता पाएपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ बजे बैठक डाकेका हुन् ।


ADVERTISEMENT

# # #


ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बैठक बोलाइएकोमा बैठकले पार्टी विभाजनको पक्षमा उभिएकालाई कारवाही गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

१० बूँदे सहमति कार्यान्वनपछि डाकिएको बैठकमा सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे छलफल हुनेछ ।