काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् ।


ADVERTISEMENT


पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वबाट असन्तुष्ट माधव नेपाल पक्षले पार्टी विभाजन गरी नयाँ पार्टी दर्ता गरिसकेपछि पनि एकताको प्रयास गर्दै आएका भट्टराईले पार्टीलाई एकतावद्ध बनाउनको लागि आफु जिम्मेवार रहेको प्रतिवद्धता अध्यक्ष ओलीले दिएको बताएका छन्।


ADVERTISEMENT

# # #


‘जेठ २ मा फर्किन केपी ओलीको सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘कसैमाथि अन्याय हुँदैन भन्ने सुनिश्चितता स्थायी कमिटबाट गर्ने प्रतिवद्धता उहाँले गर्नु भएकोमा उत्तेजनामा नआईकन, आवेगमा नआईकन सबै कामरेडलाई दृढताका  साथ पार्टी एकताको ऐतिहासिक प्रक्रियामा सहभागी हुन अनुरोध गर्छुँ ।’

एमालेले २०७५ जेठ ३ गते माओवादी केन्द्रसँग एकता गरेको थियो । एकताका लागि त्यसअघिको तत्कालीन समयमा एमालेमा जसको जिम्मेवारी जे थियो त्यहीअनुसार जिम्मेवारी हस्तान्तरण गर्नेगरी सहमतिको आधार खोजिएको हो ।

आज बस्ने स्थायी एमाले कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आह्वान गरेर सहमतिलाई परिष्कृत गर्दै कार्यान्वयनमा लैजाने बताए ।