काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले शिष्टाचार भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


चारदिने अनौपचारिक भ्रमणका क्रममा काठमाडौं आएका उनले आइतबार प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएको बताईएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र विशेष गरी नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच सम्बन्ध विस्तारबारे छलफल भएको बताईएको छ ।

देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका चौथाइवा सबैभन्दा उच्चस्तरीय नेता हुन् ।

चौथाइवालेले आइतबारै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्षस्त नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।