काठमाडौँ – माधव कुमार नेपालको प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलाई वरिष्ठ नेता झलनाथ खनालले समर्थन गरेका छन् ।


ADVERTISEMENT


भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले माधवको पार्टीलाई आफ्नो साथ र समर्थन रहेको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’

माधव नेपालले नयाँ दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा दिएको निवेदनमा नेता खनाललाई वरिष्ठ नेताका रुपमा राखिएको थियो ।

लामो समयको अन्तरद्वन्द्वकाबीच सरकारले केन्द्रीय कमिटी वा संसदीय दलका २० प्रतिशत सदस्य पुर्याए पार्टी फुटाउन मिल्ने राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै माधव नेपालले एमालेबाट अलग हुँदै नयाँ पार्टी खोल्ने निर्णय गरेका थिए ।