काठमाडौँ– चर्चित नेशनल रियालिटि शो नेपाल आइडलको निर्णायक फेरिएका छन् ।


ADVERTISEMENT


गीत संगीत क्षेत्रको राष्ट्रिय लोकप्रिय कार्यक्रम ‘नेपाल आइडल’ को चौथो संस्करणका लागि व्यवस्थापन समितिले निर्णायक मण्डन परिवर्तन गरेको हो ।


ADVERTISEMENT

# # #


नयाँ निर्णायकका लागि गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चुनिएका छन् । यस्तै, उनीहरुसंगै टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि नेपाल आइडल सिजन–४ संग जोडिन पुगेकी छन् ।

यसअघिको सिजनमा निर्णायक अन्र्तगत न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए । उनीहरु अर्कै रियालिटी शोमा आवद्ध भएकाले समितिले नेपाल आइडल सिजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको बताएको छ ।

चौथो संस्करणको गायन रियालिटी शो ‘नेपाल आइडल’ को डिजिटल अडिसन शुरू भइसकेको जनाउँदै आइडलका निर्देशक सुरेश पौडेलले देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले भदौ १ गतेदेखि ३१ गतेसम्म डिजिटल मार्फत आ-आफ्नो अडिसन पेश गर्न सक्ने जानकारी दिए ।

उनका अनुसार, यसका लागि प्रतीस्पर्धीले ‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसनका लागि प्ले स्टोरमा गएर एपी अन एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी मागिएको विवरण भर्नुपर्नेछ। साथै आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।