काठमाडौँ – नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) स्टार्टअप एण्ड इनोवेशन कमिटीबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


नेपालमा युवा उद्यमशीलता र स्टार्टअप को वृद्धि र उत्थानको लागी एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा यी दुई संस्थाले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


एफएनसीसीआईका प्रतिनिधि तथा उक्त कमिटीका अध्यक्ष रणजीत आचार्यको प्रतिनिधित्वमा एनवाईईएफ स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । सम्झौता पत्रमा एफएनसीसीआईका तर्फबाट आचार्य र एनवाईईएफ काठमाडौं अध्यायका निरज कर्माचार्यले हस्ताक्षर गरेका छन् ।