काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।


ADVERTISEMENT


भण्डारीले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिद्वारा प्रमाणीकरण भएसँगै उक्त अध्यादेश आजैबाट लागू हुनेछ । अध्यादेश अनुसार अब कुनै पनि राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलको सदस्यको २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न पाइनेछ । अध्यादेश जारी भएसँगै लामो समयदेखि पार्टीमा संघर्ष गर्दै आएको नेकपा एमालेको माधव समूहले पार्टी विभाजन गर्न सक्नेछ ।

यता जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाए पछि प्रधानमन्त्री देउवालाई निकाशका लागि सहयोग गर्न आग्रह गर्दै आएको थियो । अब उसले पनि जसपा विभाजन गरेर नयाँ पार्टी गठन गर्न सक्नेछ ।