काठमाडौँ– अमेरिकाले अफगानस्तानको काबुलबाट उद्धार गरी ल्याइएका एक सय २७ जना स्वदेश आइपुगेका छन् ।


ADVERTISEMENT


अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा कार्यरत नेपालीमध्ये १ सय २७ जना नेपाली नागरिक आज सवा १० बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


अफगानस्तानस्थित दूतावासमा सुरक्षागार्डका रुपमा कार्यरत ३८५ नागरिकलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । उनीहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । बाँकी अन्यलाई पनि छिट्टै स्वदेश फर्काउने तयारी भइरहेको छ ।

तालिवानीको युद्वले केहि दिनयता अफगानस्तानमा विध्वंस मच्चाइरहेका छन् । सोहि क्रममा कयौँको मृत्यु भइसकेको छ, भने, त्यहाँका राष्ट्रपति असरफ घानी तथा उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छोडिसकेको अवस्था छ ।

हाल चलिरहेको युद्व शान्त नहुने देखिएसंगै अन्य राज्यहरुले अफगानस्तानस्थित रहेको आफ्ना नागरिकहरुलाई उद्धार गरिसकेको छ । यसैबीच नेपाल सरकारले पनि वैदेशिक रोजगारको शिलशिलामा त्यहाँ पुगेका नेपालीलाई शीघ्र उद्धार गर्ने तयारी थालेको छ । यसका लागि परराष्ट्र मन्त्रालयले सोमबार नै एक सूचना जारी गर्दै अफगानस्तानमा रहेका सम्पूर्ण नागरिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

कामको शिलशिलामा अफगानस्तान पुग्ने नेपाली संख्या १५ हजारभन्दा बढि रहेको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस् :

अफगानिस्तानमा रहेका नेपालीको चित्कार – सरकार हामीलाई छिट्टै उद्धार गर