काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ ।


ADVERTISEMENT


योजना अन्तर्गत सेलपेका ग्राहकहरुले ‘सेलपे कार्ट’बाट ५ हजार रुपैयाँ वा त्यो भन्दा बढीको सामान खरिद गरेमा ५ सय रुपैयाँ क्यास ब्याक पाउनेछन् । यो योजना भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेबाट वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिन्छ ।

सेलपेको माध्यमबाट विभिन्न सेवाको भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, सामान खरिदका लागि अनलाईन पेमेन्ट लगायतका विभिन्न सेवाहरु उपभोग गर्न सकिन्छ ।