काठमाण्डौँ – अकुत सम्पति कमाएको आरोपमा सम्पति शुद्धिकरणको मुद्दा खेपिरहेका ‘गुण्डा’ गणेश लामालाई कांग्रेसले उम्मेदवार बनाएको छ । कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामालाई कांग्रेसले प्रतिनिधीसभा क्षेत्र नं १ (ख) मा उम्मेदवार बनाएको हो ।


ADVERTISEMENT


गुण्डा नाइकेको रुपमा चिनिएका लामाविरुद्ध सम्पति शुद्धिकरण अनुसन्धान विभागले २०७० साल जेठको पहिलो साता विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा अझै विचाराधीन भएपनि लामा २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट काभ्रे क्षेत्र नं २ बाट उम्मेदवार बनेर ४ हजार ९ सय ८ मत ल्याएर चौथो भएका थिए ।


ADVERTISEMENT

# # #


कांग्रेस प्रवेश गर्नुअघि पनि उनलाई लोकतान्त्रिक फोरमले प्रतिनिधीसभा क्षेत्र नं १ मा उम्मेदवार सिफारिस गरेको थियो ।बामगठबन्धनले तेमाल गाउँपालिकाको निर्वाचनमा तेस्रो मत ल्याएर पराजित गंगाबहादुर तामाङ्ग (बमध्वज) लाई प्रतिनिधीसभा क्षेत्र नं १ को उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका जिल्ला सहईञ्जार्ज तामाङ्ग स्थानीय तहको निर्वाचनमा कांग्रेसका सलामसिं लामासँग पराजित भएका थिए ।

सलामसिंले ३ हजार ९ सय ३९, एमालेका प्रदिप लामाले ३ हजार ३ सय ५९ र गंगाबहादुरले ३ हजार २ सय २६ मत ल्याएका हुन् । पार्टीभित्रको अन्तरकलहका कारण गंगाबहादुरले बाजी मारेका हुन् । टिकट पाउने चर्चामा रहेका पुर्वराज्यमन्त्री सुर्यमान दोङ्ग (लालध्वज) र जिल्ला सहइञ्चार्ज दिनानाथ गौतमविचको द्वन्द्वका कारण एकले अर्कालाई असहयोग गर्ने स्थिति देखिएपछि गंगाबहादुरलाई अघि सारिएको एक जिल्ला नेताले दाबी गरे ।

प्रतिनिधीसभा क्षेत्र न १ (क) मा (माओवादी केन्द्र) का रत्न ढकाल उम्मेदवार बनेका छन् । ढकाल अखिल (क्रान्तिकारी) का पुर्वअध्यक्ष हुन् ।प्रतिनिधीसभा क्षेत्र नं २ मा एमालेका केन्द्रीय स्कुल विभाग सदस्य गोकूल बास्कोटा सर्वसम्मत उम्मेदवार छनोट भएका थिए ।

गठबन्धनको तर्फबाट प्रतिनिधीसभा क्षेत्र १ (ख) एमालेका चन्द्र लामा, प्रतिनिधीसभा क्षेत्र नं २ (क) मा बसुन्धरा हुमागाई र २ (ख) मा लक्ष्मण लम्साल उम्मेदवार बनेका छन् । लामा युवा संघका उपाध्यक्ष, हुमागाई एमाले जिल्ला सचिवालय सदस्य र लम्साल केन्द्रीय कृषि विभाग सचिव हुन् ।

कांग्रेसले प्रतिनिधीसभा क्षेत्र नं १ मा निवर्तमान सांसद तीर्थबहादुर लामा र प्रतिनिधीसभा क्षेत्र नं २ मा जिल्ला सभापति मधुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । प्रदेश सभा क्षेत्र नं १ (क) मा पूर्व जिल्ला कोषाध्यक्ष चन्द्रबहादुर (सिबी) तामाङ्ग, प्रदेशसभा क्षेत्र नं २ (क) मा पूर्व क्षेत्रीय सभापति सुन्दरमणि आचार्य र २ (ख) मा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेलाई उम्मेदवार बनाएको छ ।

काभ्रेमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीलगायतका दलले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।