काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले प्रधानमन्त्री शेर बहादुरको सम्बन्धमा दिएको अभिव्यक्ति भन्दै सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


मन्त्री महतले प्रधानमन्त्रीको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताहरुका बिचमा राखेका कुरालाई जोडेर ‘शेर बहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा संचार माध्यमहरुमा एक पछि अर्कोगरि सुनियोजित रुपमा सम्प्रेषण गरिएको भन्दै उक्त समाचारहरुको खण्डन गरेका हुन् ।


ADVERTISEMENT

# # #


शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनले भनेका छन्, ‘प्रधानमन्त्री वा उहाको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुचमा रहेका नेता र निकटस्थहरुले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आईपरेको हो< भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ । नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र सस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु ।’

छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरि तोडमोड गरि सञ्चार माध्यममा त्यहिभित्रबाट सम्प्रेषण हुनु आफैमा दुर्भाग्यपूर्ण रहेको उनको भनाई छ ।

उनीद्वारा जारी विज्ञप्ति :