काठमाडौँ – अधिकांश सूचक सकारात्मक हुँदै सूर्या लाइफको नाफा २३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले खुद २३ करोड ३२ लाख ७१ हजार नाफा कमाएको छ, सोभन्दा अघिल्लो वर्ष कम्पनीको नाफा २६ करोड २७ लाख ९६ हजार रहेको थियो ।


ADVERTISEMENT


यस अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब ८४ करोड ५५ लाखबाट बढेर ४ अर्ब १८ करोड २० लाख पुगेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी कम्पनीको चुक्रा पूँजी ५ प्रतिशत र जगेडा कोष २५ दशमलव २५ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब २६ करोड र जगेडा कोष ८३ करोड ७६ लाख पुगेको छ ।

यसैगरी कम्पनीको जीवन बीमा कोष ४३ दशमलव ५४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७ अर्ब ४२ करोड ७४ लाख रहेको उक्त कोष यस अवधिमा १० अर्ब ६६ करोड १० लाख पुगेको छ ।

कम्पनीको धीतो बापतको कर्जा लगानी ५५ दशमलव १८ प्रतिशतले बढेको छ, हाल कम्पनीको कर्जा लगानी १ अर्ब १६ करोड ३० लाख छ ।
प्रतिशेयर आम्दानी २ रुपैयाँ ९ पैसा बढेर १४ रुपैयाँ २९ पैसा पुगेकोमा कम्पनीको मूल्य आम्दानी अनुुपात ३६ दशमलव ५४ गुणा तथा प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।