रुपन्देही – लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिएका छन् ।


ADVERTISEMENT


डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । रासस