बुटवल – मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी पाएसंगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।


ADVERTISEMENT


बुधबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएका थिए । प्रदेशका मुख्यमन्त्री पोखरेलले १ बजेर १५ मिनेटमा राजीनामा दिएको पत्र प्राप्त भएको उनले बताऐ । उनले राजीनामा दिएको पत्र आएसंगै बिशेष अधिवेशन अन्तय भएको घोषणा गरे । .


ADVERTISEMENT

# # #


यसअघि राजीनामाको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक सुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।