काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा)– महन्थ ठाकुरको पक्ष आज एकै दिनमा चार जिल्लामा बैठक बस्ने भएको छ ।


ADVERTISEMENT


पार्टीले आजै सप्तरी, सिरहा, महोत्तरी र बारा गरी चार जिल्लामा बैठक विस्तारितको आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


जसमध्ये पार्टीको प्रतिनिधित्व गर्दै सप्तरीमा राजेन्द्र महतो, केशव झा,वृषेश चन्द्र लाल, राजिव झालगायतले बैठकमा सम्बोधन गर्नेछन् भने, सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइन रहने बुझिएको छ ।

यस्तै, यता महोत्तरी बैठकमा भने सम्बोन्धन अन्र्तगत महन्थ ठाकुर , शरतसिंह भण्डारी, निर्जला राउतले उपस्थित जनाउनेछन । यसैगरि, बारामा भने लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल,बाबुलाल साह, तथा रमेश पटेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।