विराटनगर– गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा सजिएको ‘इनरुवा बजारमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सो भिडियो मंगलबार गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


युवराज वाइबाले निर्देशन गरेको सो गीतको भिडियोमा विराटनगरका युवा निर्देशक लोमस पौडेलले पनि सहायक निर्देशकको रुपमा काम गरेका छन् ।


ADVERTISEMENT

# # #


उमेश रेग्मीको शब्द र संगीत तथा राजन इसानले एरेन्ज गरेको सो गीतको भिडियोमा नायिका रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्