काठमाडौँ – प्रदेश २ मुख्यमन्त्री लालबाबु राउनले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् । मंगलवार सिंहदरबार स्थित गृहमन्त्रालयमा खाँण र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटको क्रममा प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको मन्त्री खाँणले बताए।


ADVERTISEMENT

# # #


हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा प्रर्याप्त मात्रामा खोपहरु उपलब्ध भएतापनि प्रयोग नभएको र प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्री राउनतलाई गृहमन्त्रीले सुझाएका छन् ।

साथै संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने मन्त्री खाणले बताए ।