काठमाडौँ – स्टार स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौँ किंग्स ११ को कप्तानी गर्ने भएका छन् । आगामी असोज ९ देखि असोज २३ गतेसम्म काठमाडौँमा सुरु हुने ईपीएलको चौथो संस्करणका लागि काठमाडौँले आफ्नो टिमको नेतृत्व सन्दीप लामिछानेको काँधमा सुम्पिएको हो ।


ADVERTISEMENT


यसअघि मार्की प्लेयरका रुपमा टिममा भित्रिएका सन्दीपलाई काठमाडौँले उनको जन्मदिन पारेर कप्तान नियुक्त गरेको हो । काठमाडौँमा सन्दीपसहित राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान दीपेन्द्र सिंह ऐरी लगायतका खेलाडी रहेका छन् । यस्तै काठमाडौँले पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई प्रमुख विदेशी खेलाडीका रुपमा भित्र्याएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँले सन्दीपको नेतृत्वमा टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।

सन्दीप यसअघि ललितपुर प्याट्रियट्समा थिए । पछिल्लो संस्कणमा ललिपुरले उपाधी जितेको थियो । यद्दपी सन्दीले सुरुवाती खेल मात्रै खेलेका थिए ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।