काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनमा दिएका छन् ।


ADVERTISEMENT


सोमबार उनले सातदोबाटोस्थित एन्फाको मुख्यालयस्थित आफ्नो राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


नेतृत्व तहसँग मनमुटाव भएपछि राजीनामा दिने उनी पछिल्ला पदाधिकारी हुन् । यसअघि प्रशिक्षक अल्मुताइरीले एन्फा उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न अवरोध गरेको भन्दै राजीनामा दिने घोषणा गरेका थिए । यद्यपि उनले औपचारिक रुपमा भने पद छाडेका छैनन् ।

त्यही विवादमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अल्मुताइरीले एकअर्काविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए ।

मुख्य प्रशिक्षक अल्मुताइरीको विषय हालसम्म पनि एन्फामा बहस कायमै रहेको छ ।