काठमाडौँ – दाङमा ह्युमपाइप राख्न खनेको खाल्डोमा परी एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


तुलसीपुर–घोराही चार लेन सडक बिस्तार गर्न ठाउँ–ठाउँमा ह्युमपाइप राख्न गत वर्ष नै सडक खने पनि निर्माण कम्पनीको लापरबाहीले खाडल नपुरेर त्यसै छाडिएको छ। उक्त खाल्डोमा परी तुलसीपुरका ३५ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


तुलसीपुरबाट घोराही जाने क्रममा रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।