काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।


ADVERTISEMENT


२०७५ साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले माइतिघरमा प्रदर्शन गरेको हो । उनीहरुले मुलुकमा महिला हत्या हिंसा घटनामा कमि नआएको भन्दै नाराबाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रदर्शनमा उत्रिएका बिधार्थीहरुले संविधान नै संशोधन गरी बलात्कार र हत्या गर्नेलाई फासीको सजाय दिनुपर्ने बताएका थिए ।

घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो