काठमाडौँ – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । शुक्रबारदेखि सुरु भएको उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हालको डिजिटल युगलाइ आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधा र आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरु प्रदान गरिरहेको छ ।


ADVERTISEMENT

# # #


हाल ५ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

चाँडै इन्टरनेट बैंकिङ्ग तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउने संस्थाको भनाई छ ।