काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणको दर पुनः उकालो लाग्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ ।


ADVERTISEMENT


निषेधाज्ञा खुकुलो भएको अवस्थामा नागरिकहरुले बुझी नबुझी खुलखुल्ला रुपमै जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्न थालेको र यसबाट थप जोखिम बढ्नसक्ने भन्दै मन्त्रालयले यसप्रति चिन्ता प्रकट गरेको हो ।


ADVERTISEMENT

# # #


बिहिबार सुचना जारी गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले सम्बन्धित निकायहरुको हरप्रयासपछि पनि अपेक्षाकृत रुपमा संक्रमण दर न्युनिकरण हुन नसकेको जनाएका छन् । उनका अनुसार, अझैपनि ५०० भन्दा बढि सक्रिय संक्रमितको जिल्लाअन्र्तगत मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन्, भने २ सय माथि सक्रिय संक्रमित रहनेमा २६ जिल्ला रहेका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण एकल युद्व नरहेको जनाउँदै मन्त्रालयले यसका लागि प्रभावकारी भुमिका बढाउन संवेदनशिल एवम् जिम्मेवार बन्दै जनस्वास्थ्यका मापदण्डहरु पालना गरी आफ्नो-आफ्नो पालोमा खोप लगाउन समेत आमसमुदायमा अनुरोध गरेको छ ।

यस्तै, मन्त्रालयले तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै संस्थाहरुलाई अक्सिजन एवम् शैया लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदूरुस्त राख्न आग्रह समेत गरेको छ ।