काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले आगामी ५ वर्षका लागि आफ्नो पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बिहिवार आफ्नो ११ औं वर्षको कार्यकाल पूरा गरी १२ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले आफ्नो आगामी पञ्चवर्षीय रणनिति सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले ‘हलोदेखि हाइडोसम्म’ को नारा र अभियानका साथ बैंक स्थापना गरेको जनाउँदै मेगा सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा स्थापित हुन पुगेको जनाए । उनका अनुसार, हाल तयार गरिएको भनिएको सो पञ्चवर्षीय योजनामा पनि सोहि किसिमको रणनितिमा तयार पारिएको छ ।

‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छाै’, उनले भने ।

शहका अनुसार, बैंकले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गने तयारी गरेको छ ।

यस्तै, बैंककी सिइओ अनुपमा खुञ्जेलील भने संस्थापक, शेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औं बार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको भाव व्यक्त गरेकी छन् । छोटो समयमै अलगै पहिचान र ब्राण्ड बनाउन बैंक सफल भएकोमा खुसी व्यक्त गर्दै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेकोमा जोड दिइन् ।

सञ्चालनको छोटो अवधिमै पनि मेगा वित्तिय सूचकांकलाई केलाएर हेर्दा मेगा बैंकले व्यावसायिक उचाई हासिल गर्न सफल भएको बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरुलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको ।

देशको २८ औं बाणिज्य बैंकका रुपमा यस बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा रहेको छ ।

२०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेर १७ सयभन्दा बढिलाई रोजगार प्रदान गर्दे आएको यस बैंकको ५८ जिल्लाका कुल १ सय ७८ वटा शाखाहरु सञ्चालनमा छन् । यस्तै, छिट्टै नै अन्य थप१४ वटा शाखाहरु सञ्चालनमा आउने बैंकले जनाएको छ ।

‘बाढी–पहिरो पीडित’ सहयोगमा पनि अघि मेगा

मेगा बैंक नेपाल लिमिटेडले ११ औं बार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो ।

वि.सं २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्य अनुरुप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको  बैंकले जनाएको छ ।