नेपालगञ्ज – बाँकेमा नहरमा डुबेर ३ जनाको मृत्यु भएको छ ।
बकर ईद मनाउन नेपालगञ्जबाट कोहलपुर गएका तीन युवाको चटारस्थित डुडुला खोलाको नहरमा डुबेर मृत्यु भएको हो ।
प्रहरीकाअनुसार नेपालगञ्ज उपमहानगरपालिका ११ का १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइनका १८ वर्षीय रासिद जसगढको मृत्यु भएको हो भने नहरमा डुबेका २ को उद्वार गरिएको छ ।