काठमाडौँ – एनआरएनए जर्मनीको अध्यक्षमा निनाम्मा राईको उम्मेदवारी परेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ऐतिहासिक रूपमा महिला नेतृत्व पाउने उत्साहले माहोल तातेको छ ।


ADVERTISEMENT


जर्मनीमा रहेर लामो समयदेखि त्यहाँ रहेका नेपालीको सुख दुःखको नजिकको साथी बन्न सफल राई बहुआयामिक रूपमा नै कुशल नेतृत्वकी बलियो दाबेदार हुन् । जर्मनीमा उनले कुनै पनि दल, गुट, उपगुट तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजलाई रचनात्मक ढङ्गबाट एकजुट गराउँदै आएकी छन् । उनले नेपालको कला संस्कृति र प्राकृतिक अनुपमतालाई जर्मनीमाझ प्रचार प्रसार गर्दै नेपाली भाषा संस्कृति र मौलिक परम्परालाई पुस्ताहस्तान्तरण गर्ने कार्यको महत्वपुर्ण भुमिका निर्वाह गरिरहेकी छन्।


ADVERTISEMENT

# # #


उनी नेपाली समुदायका अग्रज अविभावकहरूका विज्ञता तथा अनुभवहरूलाई अहिलेका उर्जावान् तथा सिर्जनशील यूवाहरूको वौद्धिक, व्यवसायिक सफलताका लागि उत्प्रेरकको रुपमा प्रयोग गर्दै जर्मनीको नेपाली समाजलाई एउटा उदाहरणीय समाज बनाउन दत्त चित्तले लागिरहेकी छन् ।

राणा शासन हटाउँ अभियानका सक्रिय अभियन्ता राजनितिज्ञ जननायक रामप्रसाद राईकी नातिनी निनम्मा राईको पारिवारिक पृष्ठभूमी नै शुसासन, लोकतन्त्र तथा गणतन्त्र प्रप्तिका साथै मुलुक तथा जनताको परिवर्तनका लागि निरन्तर संघर्ष र निस्वार्थ सेवा रहेको छ । आमा शीवकुमारी राईको कोखबाट सन् १९७१ मा भोजपुरको वासीखोरा सान्दिलुङ हालको रामप्रसाद राई गाउँपालिका–७ मा जन्मिएकी निनाम्मा बुवा स्वर्गीय नेत्रप्रसाद राई हुन् ।

काठमाडौंको पिपुल्स क्याम्पसवाट स्नातक तह उत्तीर्ण राई सन् १९९२ देखि जर्मनमा बसोवास गर्न थालेकी उनी भने सन् २००९ वाट एलसीसी सदस्य बनेर विधिवत एनआरएनए अभियानमा जोडिएकी हुन् । राई एनसीसी महिला संयोजक, कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षको रुपमा क्रियाशील छिन् । त्यसो त उनी, नेपाल तथा जर्मनीका विभिन्न संघसंस्थामा आवद्ध रही समाजसेवा कार्यमा पनि उत्तिकै सक्रिय छिन् ।

करीब तीन दशक जर्मन वसाईसँगै एनआरएनए अभियानमा उनको सक्रियता, नेपाली समाजप्रतीको उनको लगाव अनि भावी पुस्ताप्रतिको उत्तरदायीत्ववोधका कारण सुसंस्कृत र एकिकृत समाज अनि मातृभूमि सेवाका रचनात्मक कार्ययोजनाका साथ आगामी कार्यकालका लागि अध्यक्ष पदको उमेद्वारी दिएकी छन् ।

हालसम्मका जर्मन वसाईका क्रममा एउटा नेपालीको नाताले भोगेका अनुभवहरू र देखेका समस्या अनि समाधानका सम्भावनाहरूलाई संस्थागत रुपमा सम्वोधन गर्दै, जर्मनभरी रहेका हरेक नेपालीहरूमा एनआरएनए संस्था प्रति अपनत्वको भावना जगाउँदै यो संस्थामा सक्रिय सहभागिता जनाउन उत्प्रेरित गर्ने किसिमका अल्पकालिन मध्यकालिन र दीर्घकालिन कार्यक्रमहरू उनले अगाडि सारेकी छन् ।

चाहे त्यो आकस्मिक घटनाहरूलाई तुरुन्तै सम्बोधन गर्ने आकष्मिकक सेवा कोष होस् या अनलाईनको माध्यमबाट नेपाली भाषा पढाउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्द्धन गर्न उनी लागीपरेकी छन् ।

जर्मनीमा पढ्दा, कामगर्दा, व्यवसाय सञ्चालन गर्दा वा हिँँड्दा अपनाउनुपर्ने सावधानीहरू, कनुनी व्यवस्थाहरू, नेपाल दुतावासले उपलब्ध गराउने सेवाहरूसहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी गराउन डिजिटल एनआरएनको अवधारणा होस्, उनका हरेक कार्ययोजनाहरू पृथक र जनमुखी रहेका छन् ।

नेपाल सेन्टरको स्थापनाको पहल, मातृभूमि परोपकार अभियान, जर्मन सरकार तथा संस्थाहरूसँग सम्वन्ध विस्तार, जर्मनीमा रहेका नेपाली विज्ञहरूको समूह बनाई नेपालको राष्ट्रिय निति तथा कार्यक्रमका लागि सुझाव प्रतिवेदन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण, वार्षिक रुपमा बालबालिका तथा अग्रज भेला, एक संस्था एक चाड–पर्व लगायतका कार्यक्रमहरुका पनि उनको सक्रियता रहँदै आएको छ ।

हरेक नेपाली परिवारसँगको सामिप्यता वढाउनको लागि उनिहरूको जन्म, विवाह तथा मृत्यू लगायतका मौलिक संस्कारहरूमा शुभकामना÷समवेदना पत्रसहित आवश्यक सहयोग लगायतका कार्यक्रमहरू सहित अध्यक्ष पदमा उनले आफ्नो दाबी प्रस्तुत गरेकी छन् ।

त्यसो त, जर्मनीको यो पटकको एनआरएन–एनसीसीको चुवावमा अध्यक्षका आकंक्षीहरू पनि नदेखिएका होईनन् । तर, एनआरएन अभियानमा सक्रियता, अनुभव नेपाल र जर्मनवासी नेपाली समाजप्रति ईमान्दारीपूर्वक समर्पण तथा स्पष्ट अनि जनमूखी कार्ययोजनाहरूका कारण निनाम्मा अग्रपंक्तिमा देखिएकी छन् ।