काठमाडौँ – नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह सांसद पदबाट राजीनामा दिने चेतावनीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।


ADVERTISEMENT


उनले पार्टीको आशन्न १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यमा धाँधली भएको भन्दै राजीनामा दिने चेतावनी दिएका हुन् । ३९ औँ बिपी स्मृति दिवसका अवसर पारेर आफूले पदबाट राजीनामा दिन बालुवाटार आएको हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT

# # #


पार्टी नेतृत्वले आम कार्यकर्ताको माधवनालाई लत्याउँदै आफू खुसी क्रियाशील सदस्यता बाँडेको सांसद सिंहको आरोप छ । सर्लाही क्षेत्र नम्बर ४बाट निर्वाचित उनले क्रियाशील सदस्य छनोटमा न्याय नपाए प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने बताएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।