काठमाडौँ– नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोभिड–१९ व्यवस्थापन तथा तेस्रो लहरका तयारीका लागि भन्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई १८ बुँदे सुझाव पेश गरेका छन् ।


ADVERTISEMENT


नेपालको सन्दर्भमा कोभिड–१९ को दोस्रो लहरको पूर्ण रुपमा नियन्त्रण भइनसकेको र तेस्रो लहर देखिने सम्भावना पनि उच्च रहेको भन्दै प्रतिष्ठानका विज्ञहरुले संयुक्त रुपमा देउवा समक्ष संक्रमण व्यवस्थापनका बुदाँगत सुझाव पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


१६ जना विज्ञहरुको सामूहिक हस्ताक्षर गरिएको सो सुझावअन्र्तगत प्रधानमन्त्रीलाई योग्यता एवम् क्षमता व्यक्तित्वलाई स्वास्थ्यमन्त्री चयन गर्न सुझाव दिदैँ क्याबिनेटलाई स्थिर राख्न समेत माग गरिएको छ ।

यस्तै, विज्ञहरुले कोरोना नियन्त्रणका लागि सामाजिक सुरक्षा तथा लकडाउन मात्रै पर्याप्त नभएको भन्दै प्रत्ये समुदाय स्तरमा ‘आफ्नो स्वासथइको हेरचाह आफै गर्ने’ क्षमता अभिवृद्वि गर्नेसंगै अस्पतालको बेड, अक्सिजन, एचडीयू(अक्सिजनको बेड), आईसियु एवम् भेन्टिलेटरजन्य स्वास्थ्य उपकरण तथा एम्बुलेन्स सेवा प्रवाहको वृद्विमा समेत जोड दिएको छ ।

पेशित उक्त सुझाव पत्रमा हस्ताक्षर गर्ने विज्ञहरुमा डा महेश मास्के, कुलचन्द्र गौतम, डा रीता थापा, डा बद्रीराज पाण्डे, डा अरुणा उप्रेती डा शिवकुमार राई, डा छत्र अमात्य, डा शरद वन्त, डा अभिनव वैद्य, डा समीर दीक्षित, डा राजेन्द्र बीसी, डा तिर्थ राना, डा लोचना श्रेष्ठ, डा विन्ज्वला श्रेष्ठ, डा रजनी शाह, नारायण सुवेदीले हस्ताक्षर रहेका छन् ।

प्रतिष्ठानद्वारा प्रधानमन्त्री समक्ष पेश १८ बुँदे सुझाव