काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावलाई आफ्नो पार्टीले समर्थन गर्ने ठाकुरले घोषणा गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवालाई बधाई दिँदै उनले भने, ‘उहाँले जुन प्रस्ताव (विश्वासको मतको प्रस्ताव) राख्नु भएको छ, त्यसको समर्थनमा हामी उहाँलाई मच दिन्छौँ ।,’ यद्दपी उनले आफूहरुका संविधान संशोधन, नागरिकता सम्बन्धी मागहरुलाई सम्बोधन गरिनु पर्ने बताए ।


ADVERTISEMENT

# # #


यसअघि विपक्षी गठबन्धनमा नलागेको जसपाको ठाकुर पक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीलाई समर्थन जनाउँदै सरकारमा सहभागी भएको थियो ।